सैनिक शासनसङ्ग नेपाल सरकारको के साइनो ?

सैनिक शासनसङ्ग नेपाल सरकारको के साइनो ?

म्यान्मारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले सैन्य ‘जुन्ता’का संघीय धार्मिक मामिला तथा संस्कृति मन्त्री उ को को–सँग भेटवार्ता गरेका छन् । नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्यान्मारका क्रूर सैनिक शासक जनरल मिन आङ हृलाइङलाई शुभकामना दिएको भोलिपल्ट राजदूत घिमिरेले सैन्य ‘जुन्ता’का मन्त्री उ–लाई भेटेका हुन् । 

हिजो बिहिवार मन्त्रालयको पार्लरमा भएको भेटवार्तामा राजदूतसहित म्यान्मार सैन्य सरकारका उपमन्त्री,महानिर्देशक र उच्च सैनिक अधिकारीसमेत सामेल भएको नेपाली दूतावास कार्यालय याँगुनले जनाएको छ ।नेपाल–म्यान्मार बौद्ध विश्वविद्यालयबीचको धार्मिक मामिलामा सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको म्यान्मारका लागि नेपाली राजदूत घिमिरेले बताएका छन् ।

‘नेपाल र म्यान्मारका बौद्ध विश्वविद्यालयबीचको धार्मिक मामिलामा कुराकानी भयो । त्यस्तै, लुम्बिनी–बोधगया तीर्थयात्रा र पुरातत्ववारे सहकार्य गर्ने विषयमा सौहार्द्रपूर्ण छलफल भएको थियो,’ उनले भने। 
म्यान्मारको दैनिक अंग्रेजी पत्रिका ‘द ग्लोबल न्यू लाइट अफ म्यान्मार’मा बुधवार प्रकाशित नेपाली राष्ट्रपति र प्रधानमन्त्रीको विवादित शुभकामना सन्देश नेपाली दूतावास कार्यालयले पठाएको पुष्टि भएको छ।

स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको अनुमति बेगर राजदूत घिमिरेले आफूखुशी म्यान्मारका क्रूर सैनिक शासक जनरल मिन आङ हृलाइङलाई ७५औँ स्वतन्त्रता दिवसको सन्दर्भ पारेर शुभकामना दिएको दूतावासका एक अधिकारीले बताए ।

टिप्पणीहरू