न्यूनतम साझा कार्यक्रम बनाउन गठबन्धनका नेताहरु सिंहदरबारमा
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिन सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक शुरु भएको छ । अर्थ मन्त्रालयमा बैठक जारी छ ।
आजै मस्यौदालाई अन्तिम रुप दिएर गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारीका साथ बैठक बसेको हो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री एवं कार्यदल संयोजक विष्णु पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन,राप्रपा महामन्त्री धवलसमशेर जवरा,जसपा नेता रकम चेम्जोङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल सहभागी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअगाडि नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारीका साथ कार्यदल जुटेको हो ।
टिप्पणीहरू