ट्राफिकले बढाएको जरिवानाविरुध्द ट्याक्सी हडतालको तयारी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जरिवाना बढाएको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन् ।
ट्याक्सी चालक र पठाओले संयुक्त रुपमा आन्दोलनको तयारी थालेका हुन् । नेपाल राष्ट्रिय मीटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका एक पदाधिकारीले आन्दोलन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
तर, यसबारे आधिकारिक निर्णय भइनसकेको उनको भनाइ छ । ट्राफिक नियम पालनामा कडाइ गर्ने भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ ।
गत पुस ३ गतेदेखि लागु हुने गरी ट्राफिक प्रहरीले जरिवाना बढाएको हो । ट्राफिक नियम उल्लङ्घनसम्बन्धी विभिन्न १६ कसूरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालिएको छ । यातायात व्यवसायीले उक्त जरिवाना बढी भएको भन्दै विरोध जनाउँदै आएका छन् ।
टिप्पणीहरू