बन्यो न्यूनतम साझा कार्यक्रम,बुझाइयो शीर्ष नेतालाई

बन्यो न्यूनतम साझा कार्यक्रम,बुझाइयो शीर्ष नेतालाई

सत्ता गठबन्धनद्वारा गठित कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठकले सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमलाई पूर्णता दिएर शीर्ष नेताहरुलाई बुझाएको हो । 

दिउँसो १२ बजेदेखि बसेको बैठकमा कार्यदल संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन,राप्रपा महामन्त्री धवलसमशेर जबरा,जसपा नेता रकम चेम्जोङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल सहभागी थिए ।

टिप्पणीहरू