तालुकीकरणको मारमा पर्ने भो, जनगणनाको नतिजा प्रकाशन !

तालुकीकरणको मारमा पर्ने भो, जनगणनाको नतिजा प्रकाशन  !

२०४८ र २०५८ को तुलनमा २०६८ मा राई जातिको जनसंख्या लगभग १५ हजारको संख्यामा अस्वाभाविक रुपमा घट्यो । यसको मुख्य कारण २०६८ अघिसम्मको जनगणनामा राई जाति भन्दै÷लेख्दै आएका कुलुङलगायत १२ वटा किराती महाजातिभित्रका समुदायले जातिको महलमा ‘राई !’ नलेखेर ‘कुलुङ लेखे । विसं २०६८ मा लगभग ७६ हजार हाराहारीमा राईको जनसंख्या घट्यो । 

त्यसैले १२ औं राष्ट्रिय जनगणनाको तथ्य–तथ्यांक कस्तो आउँछ ? सबै धार्मिक समूह, लिंग, भाषाभाषी, जातजाति, समूह, भिन्न क्षमता भएकालगायत अन्य वर्ग र पिछडिएको क्षेत्र आदि सबैको चासो छ । सबैलाई आ–आप्mनो धार्मिक समूह, भाषाभाषी, जातजाति, समूह, लिंग, भिन्न क्षमता भएकालगायत अन्य वर्ग र पिछडिएको क्षेत्रको संख्या कति सही आउला ? खुल्दुली र चासो छ ।

नेपालमा कसको जातीय स्वःपहिचान के हो, भन्ने भन्दा पनि कसको ठूलो समूह वा भीड छ, उसैको...रहने गरेको छ । त्यसैले सबैले हाहाहुहु र हुलमुलमै अवसर देख्ने वा अवसर पाइने भन्ने अर्थमा बुभ्mने गरेको वा बुझाई रहेको हुनाले पनि नेपालका धार्मिक समूह, भाषाभाषी, समूह, लिंग, भिन्न क्षमता भएका र पिछडिएको क्षेत्रले विशेष चासो लिने गरेका छन् । 

नेपालमा मात्रै नभएर धेरेजसो विकासशील र अल्पविकशित देशमा राजनीतिक फाइदा लिन भीड र संख्यालाई मुख्य आधार मान्ने गरिएको छ । त्यसैले आप्mनो जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, लिंग आदि ठूलो देखाउनका लागि जनसंख्या, भाषा, धर्मिक समूह, वर्ग, लिंग आदिको राजनीति गर्ने गरिएको तथ्य लुकेको छैन । फलतः नेपाल मात्रै अपवाद रहने कुरो भएन । 

नेपालमा पहिले (२०४८ देखि २०६८ सम्म) किरात धर्म लेख्नेहरुले कोहीले युमा धर्म लेखेका छन् । त्यस्तै पहिले राई जाति लेख्नेहरुले २०६८ देखि कुलुङलगायत १२ वटा किरातीहरुले अलगअलग जात लेख्न थाले । फलतः विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनादेखि कुलुङलगायत १२ वटा जातिले अलग्गै जातिगत र भाषागत कोड पनि बनाएका छन् । तर, यसो गर्दा माथि नै भनिएभैmँ राजनीतिक फाइदा लिन भीड र संख्यालाई मुख्य आधार बनाएर खाने नेपालका अनेकौं जातिमध्ये राई जातिको जनसंख्या कालान्तरमा गएर शून्य !? मा झर्न सक्ने सम्भावना छ । यसमा राई जातिको नाममा खुलेको एउटा एनजिओका अगुवाहरु कन्धनी कसेर लागेका छन् । उनीहरुको ‘रातको नीद र दिनको भोक’ हराएको छ । 

भलै नेपालमा अन्य जातजातिहरु जस्तै गुरुङ, तामाङ, शेर्पा, थकाली, थारु, मगर, माझी राजवंशी आदिमा पनि विवाद नरहेको होइन । तर राई जाति भनिनेहरुकै ‘रातको नीद र दिनको भोक’ हराउनु उनीहरुमा ‘गर, या मर’ को स्थिति आउनुको कारण भने विगतमा राई भन्नाले कुनै जात वा जाति नजनाएर पद, पदवी वा भनौं पगरी मात्रै जनाउँथ्यो । जसले ‘राई !’ पद, पगरी वा पदवी पाउँथ्यो, उसले मात्रै आप्mनो नामको पछाडि ‘राई !’ लेख्न पाउँथ्यो । यस्तो प्रचलन २०२१ सालको भूमिसुधार ऐन लागू भएर जग्गा–जमिन रैती वा ढाक्रेहरुको नाममा दर्ता कायम हुनुअघिसम्म यथावत थियो । त्यसो भएकाले भोलि गएर सबैले यो कुरो बुझेर हालसम्म राई लेख्दै, भन्दै आएका र जानीनजानी ‘राई !’ करणमा परेका किराती जातिहरुले ‘राई !’ हटाएर आआप्mनो वास्तविक जातिले चिनिएमा, उनीहरुले आआप्mनो जातीय स्वपहिचान स्थापित गरेमा ‘राई !’ जातिका अगुवाहरुको संख्या र भीड देखाएर खाने र राजनीति गर्ने आधार नै बाँकी रहँदैन । त्यसैले उनीहरु ‘सास रहेसम्म आश’ भनेभैmँ आप्mनो अस्तित्व जोगाउन कन्धनी कसेर लागेका छन् । 

त्यसो त राई जातिका सम्बन्धमा भन्नु पर्दा नेपालमा राई जातै हो र राई जात होइन पद, पदवी रवा पगरी मात्रै हो भन्नेबीच माथापच्ची भइरेहको छ । खासगरी यस्तो माथापच्ची विगत दुई दशकदेखि चलिरहेको छ । राई जातै हो भन्ने पक्षका कामरेडहरुले दिने तर्क यस्तो छ, ‘जसले राई होइन भन्दैछ, उसको नागरिकता, तीनपुस्ते, जग्गा–धनी पूर्जा, स्कूल, कलेज, क्याम्पस र विश्वविद्यालय पढेको सर्टिफिकेट, वृद्धभत्ता कार्ड, निजामती कर्मचारी, शिक्षक, पेन्सन–पट्टा आदिमा समेत राई छ !’ 

त्यस्तै राई जाति वा जाति होइन, पद, पदवी वा पगरी मात्रै होइन भन्ने पक्षले चाहिँ राई शब्दको व्युत्पत्ति ‘राय’/‘राया’ वा ‘राइ’हो । यो शब्दले सुरुमा कुनै जात वा जाति जनाउँथेन । फलतः हुँदै ‘पूर्वमा ‘राय’/‘राया’ वा ‘राइ’, ‘राई’ शब्दको प्रयोग सेन शासनकालदेखि मात्रै सुरु भएको हो । त्योभन्दा पर गएको देखिँदैन । त्यसैले हामी सो राई पद, पदवी वा पगरीलाई जाति मान्दैनौं भन्दै आएको हो । इतिहास हेर्दा सेनकालदेखि हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’ सरहको ‘राय’ पद पाएका बुद्घिकर्ण ‘राय’ अहिले तेह्रथुम जिल्लाको ‘छ–थर भेग’ का एक थरी (खेवा थरको) लिम्बुहरु पूर्खा भएको प्रमाणित पनि भएको छ । 

त्यसैले केन्द्रीय तथ्यांक विभागले नेपालका विभिन्न जातजाति, भाषभाषी, धार्मिक समूह, वर्ग, लिंगलाई गएको १२ औं राष्ट्रिय जनगणनामा आफैँले उपलब्ध गराएको कोडअनुसार गाउँगाउँ, टोल टोलबाट जनगणनामा आएको जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको समूहगत तथ्य–तथ्यांकलाई तलमाथि नगरी चाँडै प्रकाशित गरोस् भन्ने आग्रह छ । यदि कसैको दबाब, डर, त्रास र धम्कीको भरमा विभागले सो तथ्य–तथ्यांकलाई बंग्याएर, गाभेर वा...गरेर प्रकाशित गरेमा हामी (सम्बन्धित जातजाति, भाषाभाषी, धार्मक समूह आदि) ले सर्वोच्च अदालतमा रिट हाल्नुको विकल्प रहने छैन । 

त्यसैले राज्यको धेरै खर्चमा गरिएको जनगणनाको सही तथ्यांक जे हो, त्यही आओस् भन्ने हाम्रो आग्रह हो । फेरि पनि हाम्रो विशेष आग्रह छ, कसैको प्रभाव र दबाबमा अकस्मात सही तथ्य–तथ्यांकलाई तलमाथि वा तोडमोड गरेर प्रकाशित नगरोस्, जनगणनाको प्रतिवेदनलाई ‘दूधको दूध पानीको पानी’ जस्ताको त्यस्तै प्रकाशित गरोस् । 

[email protected] ९८४९९८५९९, ९८६२४३६०४९

–निनाम लोवात्ती

टिप्पणीहरू