अघिल्लो दिन शीर्ष नेताले बोल्ने, भोलिपल्ट विश्वासको मत माग्ने

अघिल्लो दिन शीर्ष नेताले बोल्ने, भोलिपल्ट विश्वासको मत माग्ने

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संयुक्त बैठकले पुस २५ गतेदेखि आरम्भ हुने संसद अधिवेशनको कार्यतालिका तय गरेको छ । आज संसद भवन बानेश्वरमा बसेको सर्वदलीय बैठकले कार्यतालिका निर्धारण गरेको हो । 

जसअनुसार अधिवेशन शुरु भएको दिन दलका शीर्ष नेताहरुले संसद बैठकलाई सम्बोधन गर्नेछन् । भोलिपल्ट पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहअनुसार विश्वासको मत लिने तयारी छ । 

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ पुस गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई पत्राचार गर्नुभएको थियो । सोहीअनुसार आजको सर्वदलीय बैठकले यसलाई सदनको कार्यसूचीमा राख्ने निर्णय गरेको हो । 

त्यस्तै माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्तावलाई सर्वदलीय बैठकले पास गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराको आह्वानमा आज बैठक बसेको हो ।

टिप्पणीहरू