कुलचन्द्रको घरमा काँग्रेसको आकस्मिक बैठक

कुलचन्द्रको घरमा काँग्रेसको आकस्मिक  बैठक

संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको घरमा नेपाली काँग्रेसको बैठक बसेको छ । काठमाडौंको धुम्बाराहीस्थित गौतम निवासमा भोलि बस्ने काँग्रेस संसदीय दलको बैठकको एजेण्डा तय गरिने बताइएको छ । 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो बूढानीलकण्ठस्थित घर पुनर्निमाणको क्रममा रहेकाले गत सातादेखि उक्त घर भाडामा लिएर बस्दै आउनुभएकाले आजको बैठक पनि त्यहीँ  डाकिएको हो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ्ग,वरिष्ठ नेता रामचन्द्र पौडेललगायत एक दर्जन बढी नेताहरुको उपस्थितिमा पदाधिकारी बैठक बसेको हो । 

सवा ५ बजेबाट बसेको बैठकमा भोलि बस्ने संसदीय दलको बैठकका एजेण्डाबारे छलफल गर्ने भनिए पनि सन्दर्भ प्रधानमन्त्रीले आगामी मंंगलबार लिने विश्वासको मतलाई असफल पार्नेसम्मको रणनीति बनाउनेमा केन्द्रित हुने काँग्रेस स्रोतको दाबी छ ।

बैठकमा आज दिउँसो माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेको कुराकानी र यसबीचमा सभापति देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनसँग गरेको छलफलबारे पनि पदाधिकारीहरुलाई रिपोर्टिङ गरिएको बुझिएको छ ।

टिप्पणीहरू