अख्तियारमा भएको आत्महत्यावारे छानबिन

अख्तियारमा भएको  आत्महत्यावारे छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालयको गेटमा ड्युटी गर्दागर्दै प्राण त्यागेका प्रहरी जवान खगेन्द्र नेपालीको मृत्युको कारण छानविन हुने भएको छ । घटनाबारे सत्यतथ्य पत्त लगाउन प्रहरी हेडक्वार्टरले जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी दिनेश मैनालीको नेतृत्वमा कार्यदल गठन गरेको छ । 

एसएलआर हतियार बोकेर टंगालस्थित अख्तियारको गेटमा ड्युटीमा खटिएका नेपालीको गए राती मृत्यु भएको थियो । डिप्रेशनको औषधि सेवन गरिरहेका उनले झुण्डिएर आत्महत्या गरेका हुन्  । 

प्रहरीले मृतक नेपालीको शव पोष्टमार्टम गरी आज परिवारलाई जिम्मा लगाएको छ ।

टिप्पणीहरू