माधव नेपाल पनि धुम्बाराही पुग्नुभयो

माधव नेपाल पनि धुम्बाराही पुग्नुभयो

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल धुम्वाराहीस्थित कुलचन्द्र गौतमको निवासमा बस्दै आउनुभएका शेरबहादुर देउवासँग भेट गर्न त्यहीँ  पुग्नुभएको हो ।

सोही निवासमा भएको पार्टी पदाधिकारीहरूसँगको छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गर्नुभएको बताइएको छ ।

"वाम एकताको पहल गर्न आज बिहान एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा,सचिव रामकुमारी झाँक्री,अखिल अध्यक्ष सुदेश पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटेर आग्रह गर्दा उहाँले आफू यसमा तयारै भए पनि केपी ओलीको कारण यसमा समस्या परिरहेको बताउनुभएको थियो ।"

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बुझिएको छ । आज बिहान एकीकृत समाजवादीका सांसदहरुले पनि देउवालाई भेटेका थिए भने वाम एकताको पहल गर्न बिहान उपमहासचिव जगन्नाथ खतिवडा,सचिव रामकुमारी झाँक्री,अखिल अध्यक्ष सुदेश पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आग्रह गर्दा उहाँले केपी ओलीको कारण यसमा समस्या परिरहेको बताउनुभएको थियो ।

टिप्पणीहरू