सामाखुशी चोकको पेट्रोल पम्पमा भिषण आगलागी

सामाखुशी चोकको पेट्रोल पम्पमा भिषण आगलागी

सामाखुशी चोकबाट टोखा जाने टोखा रोडमा रहेको जोगिनी इन्टरप्राइजेजको पेट्रोल पम्पको हातामा आगलागी भएको छ । आज बेलुकी पम्पसँगै पसल रहेको टहरामा आगो लागेको हो ।

पम्पका मालिक पुरुषोत्तम मानन्धरका ती पसलमा लागेको आगो एक घण्टापछि भर्खरै नियन्त्रणमा आएको छ । तत्काल दमकल, सेना, प्रहरी र स्थानीय पुगेकाले पम्प जोगिएको हो । 

आगलागीको खबर पाएलगत्तै सेनाको १ नम्बर बाहिनीका सुरेन्द्र थामको कमाण्डमा ३५ जनाको टोली, सशस्त्र प्रहरी बलको २४ नम्बर गुल्म  कान्तिपथबाट सशस्त्र प्रहरी नायव निरीक्षक शिवजी श्रेष्ठको कमाण्डमा ११ जनाको टीम त्यहाँ पुगेको थियो । 

त्यसैगरी काठमाडौं महानगरपालिकाका दुई वटा दमकल, पाँच वटा पानी ट्याङ्कर र स्थानीयले पनि आगो निभाएका हुन् । आगलागीबाट मानवीय क्षति नभए पनि टहरामा राखिएका पसलमध्ये अर्जुन गुरागाईंको खुद्रा पसल, कुमार रेवान राईको रिकेस सिट हुट मेकर्स, बुध्दिमान श्रेष्ठको स्पेशल ममः सेन्टर रघुवीर साहको रघुवीर चाट हाउसमा पूर्ण क्षति भएको बताइएको छ ।

टिप्पणीहरू