काठमाडौं उपत्यका प्रहरीले झण्डा र आर्म ब्याच फेर्दै

काठमाडौं उपत्यका प्रहरीले झण्डा र आर्म ब्याच फेर्दै

नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयले आफ्नो झण्डा र आर्म ब्याच फेर्ने भएको छ । संघीय स्वरुपमा सांगठनिक विभाजन भएपछि नेपाल प्रहरीका विभिन्न कार्यालयले झण्डा र आर्म ब्याच फेर्न थालेका छन् ।

सोही क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयले नयाँ झण्डा र आर्म ब्याच बनाएर स्वीकृतिको निम्ति प्रक्रिया अघि बढाएको बताइन्छ । उपत्यकाका काठमाडौं,ललितपुर र भक्तपुरको नक्सामा नेपाल प्रहरीको लोगो राखिएको छ ।

सोही नक्सा र लोगोलाई प्रहरीले पाखुरामा लगाउने आर्म ब्याचमा पनि राखिएको छ ।

टिप्पणीहरू