चिनियाँ राजदूत भोलि नेपाल आउँदै

चिनियाँ राजदूत भोलि नेपाल आउँदै

अघिल्लै महिना नेपाल आउने तयारीमा रहेका नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ बेइजिङमै स्वास्थ्योपचार गराएर भोलि आउन लागेका छन् । नेपाल हिँड्ने बेला स्वास्थ्यमा समस्या देखिएपछि केही दिन उतै रोकिएको बताइएको छ ।

यसअघि राजदूत छन् पुस १२ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । माओजयन्ती र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको भोलिपल्ट नेपाल आउने तालिका बनाइएको थियो । 

तर, बिरामी परेकाले झण्डै दुई सातापछि भोलि काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू