चुनाव सकियो कहिले कहिले,फेरि मत गन्ने आदेश अहिले

चुनाव सकियो कहिले कहिले,फेरि मत गन्ने आदेश अहिले

सर्लाही,हरिवन नगरपालिकाको एउटा वडामा पुनः मतगणना गराउन उच्च अदालत जनकपुरले आदेश दिएको छ । न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

गत स्थानीय तह निर्वाचनमा हरिवन नगरपालिका वडा नम्बर ७ मा सम्पन्न चुनावमा भएको मतगणना रद्द गरेर माघ २० गतेभित्र पुनः मतगणना गर्न आदेश दिइएको छ ।

टिप्पणीहरू