शालीनदी नजिकै ‘नालायक गृहमन्त्री राजीनामा दे’ को नारा घन्कियो
आज पनि काठमाडौंको शंखरापुर नगरपालिका ३ बोजिनीमा स्थानीयले नाराबाजी गरेका छन् । उनीहरुले एमसीसी परियोजनाअन्तर्गत बन्दै गरेको सबस्देशन निर्माणको बिरोधमा गत सोमबारदेखि दिनहुँ नाराबाजी गर्दै आएका हुन् ।
स्थानीयले १९२ रोपनीमा निर्माणाधीन अपर तामाकोशी विद्युत प्रसारण लाईनको सब स्टेसन निर्माणमा अवरो पुर्याएका छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारी र सुरक्षा टोली त्यहाँ पुगेपछि ११ बजदेखि स्थानीयले नाराबाजी शुरु गरेका हुन् । अहिले सबस्टेसनको पश्चिमतर्फको बाटो सर्भेको कामसमेत शुरु भएपछि अपर तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका संयोजक रञ्जित तमाङ्गको नेतृत्वमा उनीहरुले बिरोध थालेका हुन् ।
ब्यानर र प्लेकार्ड बोकेका स्थानीयले एमसीसी चाहिँदैन, नालायक गृहमन्त्री राजिनामा दे, रवि लामिछाने मुर्दावाद, नालायक कुलमान मुर्दावाद, हाम्रो भूमि फिर्ता गर, प्रहरी दमन मुर्दावाद, माफियाहरु होशियार, आदिवासीको जग्गा अतिक्रमण गर्न पाईंदैन, सबस्टेसन स्थानान्तरण गरलगायत नारा लगाएका छन् ।
टिप्पणीहरू