गृहमन्त्री लामिछाने तीन घण्टा हलचोकमा

गृहमन्त्री लामिछाने तीन घण्टा हलचोकमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बल नेपालको स्वयम्भू हलचोकस्थित मुख्यालय निरीक्षण गरेका छन् । उनले बिहान तीन घण्टा लगाएर मुख्यालयको निरीक्षण भ्रमण गरेका हुन्  ।

उनी बिहान पौने ९ बजे त्यहाँ पुगेका थिए । निरीक्षण र रिपोर्टिङ बुझ्ने काम सकाएर गृहमन्त्री १२ बजे हलचोकबाट निस्किई पुलचोकस्थित मन्त्री क्वार्टर पुगेका छन् । 

यसअघि उनले प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण भ्रमण गरेका थिए । सर्वसाधारणले राहदानी लिन सास्ती व्यहोर्नुपरेको भन्दै उनी गृहमन्त्रीको जिम्मेवारीमा गएको पर्सिपल्ट त्रिपुरेश्वरस्थित राहदानी विभागको निरीक्षणमा गएका थिए । उक्त निरीक्षणबाट परराष्ट्र मन्त्रालयको सीमा र कार्यक्षेत्र मिचेको भन्दै चौतर्फी विरोध भएको थियो ।

टिप्पणीहरू