लोसपाले पनि बैठक डाक्यो
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि आफ्नो पार्टीको बैठक बोलाएको छ । लोसपाले भोलि दिउँसो १ बजे पार्टी कार्यालय बबरमहलमा केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेको जानकारी दिएको छ ।
नेपाली काँग्रेसको पहलमा बनाइएको आगामी मंगलबार संसदमा हुने विश्वासको मत सम्बन्धी मतदानमा आवश्यक बहुमत पुग्न नदिने योजनालाई लोसपाले साथ दिने बताइएको छ । त्यसमा मधेशका सबै पार्टीलगायत राप्रपा पनि समावेश हुने स्रोतको दाबी छ ।
टिप्पणीहरू