हेडक्वार्टरपछिल्तिर हर्कले झण्डै बनाएको नर्क
नागरिकता विवादमा तानिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण भ्रमण गरेका छन् । उनले निरीक्षण क्रममा उपस्थित सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्वोधन समेत गरेका थिए । बढुवाका लागि नेताको ढोका नचाहार्न र राम्रो काम गरेर व्यक्तिगत विवरण बलियो पार्न सुझाव दिएका उनलेे प्रधान कार्यालयसंगैको गणतिर भने आँखा नलाएको गुनासो छ ।
सशस्त्र प्रहरी हेडक्वार्टरको ठ्याक्कै पछाडि बगलामुखी विशेष कार्यदल रहेको छ । दरवन्दी कम रहे पनि काज र तालिमसमेत गरी करिव ११ सय जना रहेको गणमा खाना गुणस्तरहीन रहेको र अबचाहि समस्या समाधान हुने अपेक्षा तल्लो तहका कर्मचारीहरुको रहेको थियो । झण्डै ७ सय थान मोबाइल तस्करीमा जेल परेका गण प्रमुख हर्कराज पन्त बढुवालगत्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बहादुर भवनबाट यता ल्याइएका पात्र हुन् । लामिछानेले आजको निर्देशनमा कर्मचारीहरुलाई राशनमा नमार भन्ने वाक्य भने बोल्न छुटाएका थिए ।
आइजिपी राजु अर्यालसमेत उनकाविरुध्द परेको बेनामे उजुरीले गर्दा तनावमा परेको बताइन्छ । यसैवीच यिनले व्यारेक रंग लगाउन ५ लाख ८५ हजार बजेट आएकोमा मुख्य बिल्डिङको बाहिर मात्रै रंग लगाएर अरु रकम भुस बनाएको सिपाहीहरुको गुनासो छ ।
टिप्पणीहरू