एमाले अध्यक्ष भन्नुहुन्छ, कम्युनिष्ट सरकार बनेपछि कूटनीतिक चलखेल बुझिनसक्नु भयो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनसँगै बैदेशिक हस्तक्षप बढेको भन्दै चर्को असन्तुष्टी जनाउनुभएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भएकोमा खुशी नभएको छिमेकी देश भारतको चलखेल बढेकोतर्फ इंगित गर्दै उहाँ असन्तुष्ट हुनुभएको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, 'अहिले पनि सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न खोजिएको छ ।' उहाँले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताउनुभयो ।
ओलीले भन्नुभयो, 'अहिले पनि सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न खोजिएको छ ।'
‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं, तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ,गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आँट नगर्नुहोस्’,ओलीले भन्नुभयो । नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको र कूटनीतिक चलखेल बुझिनसक्नुको भएको उहाँको भनाई छ ।
दक्षिणको छिमेकीतर्फ संकेत गर्दै ओलीले यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न आग्रहसमेत गर्नुभयो । 'छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं । आत्तिनु पर्ने अवस्था केही पनि छैन', उहाँले भन्नुभयो ।
टिप्पणीहरू