वामपन्थी मिल्दा पनि सर्वोच्च बारमा काङ्ग्रेस बिजयी

वामपन्थी मिल्दा पनि सर्वोच्च बारमा काङ्ग्रेस बिजयी

सर्वोच्च अदालत बार एसोसिएसनको आज सम्पन्न निर्वाचनको परिणाम आएको छ । ३४ औं कार्यसमितिको निर्वाचनबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला अध्यक्षमा चुनिएका छन् । उनले वाम प्यानलका प्रतिस्पर्धी तुलसी भट्टभन्दा १४ मत बढी ल्याएका हुन् । निरौलाले २८९ र भट्टले २७५ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपाध्यक्षमा जगदिशचन्द्र पाण्डे ३०५, सचिवमा श्यामकुमार खत्री ३०६, सहसचिवमा सुजन लोप्चन ३०४ र कोषाध्यक्षमा कपिल चन्द्र पोखरेलले २७४ मत पाएर विजयी भएका हुन् । महिला सदस्यमा सिर्जना कँडेलले २७२ मत पाएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी कमला रोका गिरीले २६६ मत प्राप्त गरेको बताइएको छ ।

सदस्यहरुमा भने छासमिस परिणाम आएको छ । जसअनुसार क्रमशः उत्तमराज पाठक, अनुपराज उप्रेती,डा. रेशमराज रेग्मी, रुपनारायण श्रेष्ठ, प्रभुजी पन्त,देवी रेग्मी पोखरेल,सुमनकुमार केसी, रामबहादुर राउत र भीमप्रसाद ढकाल विजयी भएको जानकारी दिइएको छ । 

यीमध्ये अध्यक्ष निरौला, उपाध्यक्ष पाण्डे, सहसचिव लोप्चन र सदस्यहरुमा पाठक, रेग्मी,श्रेष्ठ,राउत र ढकाल बृहत लोकतान्त्रिक समावेशी पेशागत कानुन व्यवसायी समूहका साझा उम्मेदवार हुन् ।

टिप्पणीहरू