सर्वोच्च बारमा नयाँ नेतृत्व,छ जना प्रगतिशील समूहबाट

सर्वोच्च बारमा नयाँ नेतृत्व,छ जना प्रगतिशील समूहबाट

सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ । हिजो भएको ३४ औं कार्यसमितिको निर्वाचनमा सचिवसहित छ जना पदाधिकारी प्रगतिशील समूहका छन् । 

सचिवमा श्यामकुमार खत्री ३०६, कोषाध्यक्षमा कपिलचन्द्र पोखरेल २७४ मत ल्याएर विजयी भएका हुन् । महिला सदस्यमा सिर्जना कडेलले २७२ मत पाएर विजयी भएकी छन् । उनी पनि प्रगतिशील समूहकी हुन् ।

सो समूहका अनुपराज उप्रेती, प्रभुजी पन्त र देवी रेग्मी पनि कार्य समिति सदस्यमा चुनिएका छन् ।

टिप्पणीहरू