को-को पुगे हिजो साँझसम्म बालुवाटार,धुम्बाराही र बालकोट ?
मुलुकको राजनीतिक माहौल तात्दै गएको बेला प्रधानमन्त्री निवास बालुवाटार,निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराही तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भेटघाट र छलफल तीव्र भएको छ । त्यो क्रम हिजो दिनभर जारी थियो ।
मुख्यगरी हिजो बालुवाटारमा राति नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एक घण्टा कुराकानी गर्नुभएको छ । उहाँले राति ८ बजेदेखि प्रधानमन्त्रीसङ्ग पार्टी एकतावारे भेटवार्ता गर्नुभएको थियो ।
त्यसअघि पनि बिहान बालुवाटारमा प्रधानमन्त्री दाहालसँग डा. भट्टराईले कुराकानी गर्नुभएको थियो । उहाँसँगै नेताहरु गंगा श्रेष्ठ र विश्वदीप पाण्डेको टोलीले बिहान ८ बजेको समयमा एक घण्टा बातचित गरेको बताइन्छ ।
हिजै प्रधानमन्त्रीसँग राष्ट्रिय समचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले मध्यान्हको समयमा केहीबेर भेट गर्नुभयो ।
टिप्पणीहरू