दिउँसो एससङ्ग एकतावार्ता,बेलुका उपेन्द्र यादवलाई शीतल निवासको निम्तो

दिउँसो एससङ्ग एकतावार्ता,बेलुका उपेन्द्र यादवलाई शीतल निवासको निम्तो

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हिजो अपरान्ह एकाएक शीतल निवासले फोन गरी भेटवार्ताको निम्ति बोलाएको बुझिएको छ । सोही निम्तोअनुसार यादव साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो ।

त्यसअघि हिजै दिउँसो जसपा र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच पार्टी एकीकरणको निम्ति वार्ता भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा पाटन गएर शीतल निवास आएपछि यता दुई वटा समाजवादी पार्टीको पनि एकीकरण वार्ता सकिएको थियो । 

त्यसपछि यादव साँझ त्यहाँ गएको बताइछ । अध्यक्ष यादवसँगको भेटमा राष्ट्रपतिले जसपाको आगामी योजना र कार्यक्रमबारे मिहीन ढंगले जान्न खोज्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण भनिएको छ । 

विशेषगरी हिजो साँझको भेटमा शीतल निवासले जसपाले वर्तमान सरकारलाई समर्थन गर्छ वा गर्दैन ?,उसको आगामी नीति के हुने भन्नेबारे सत्ता गठबन्धनमा आवद्ध मुख्य दलहरु नै सशँकित देखिएक  थिए । त्यसैले हिजो राष्ट्रपतिले त्यसबारे राख्नुभएको चासो संयोग मात्रै नभएर रोचक विषय बन्न पुगेको बताइन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सत्तामा गह्रौं मन बनाउँदै जसपा आजसम्म औपचारिक रूपमा सामेल भएको छैन । तर सरकार गठनको निम्ति उसले दाहाल नेतृत्वको सरकारलाई दुई साताअघि नै समर्थन जुटाएको थियो । 

एकातिर जसपाले हिजोदेखि औपचारिक रुपमा नेकपा एकीकृत समाजवादीसँग वार्ता थालेको छ । अर्कोतिर माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पनि एकीकरणको वार्ता भइरहेको बताइन्छ । यसबीचमा पार्टीहरु जुट्ने प्रयत्न अचम्मसँग विकास भइरहेको देखिन्छ ।

हुन तः राजनीतिको पछिल्लो घटनाक्रमले सबैभन्दा धेरै जुट्नुपर्ने खाँचो वामपन्थी पार्टीहरुलाई परेको छ । किनभने जुट्ने र फुट्ने रोग सबैभन्दा बढी वामपन्थीहरुमा रहँदै आएको छ ।

टिप्पणीहरू