प्रधानमन्त्री कार्यालय छाडेर संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपाल
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा रहेको दुई नम्बर भवनमा उहाँहरु वार्तारत हुनुहुन्छ ।
प्रधानमन्त्री दाहालले पर्सि विश्वासको मत लिने तयारी छ । उहाँले नेकपा एससंग विश्वासको मत लिन निरन्तर छलफल गरिरहनुभएको छ । तर,अध्यक्ष नेपालले भने अहिलेको सरकारलाई आफूहरुको समर्थन रहे पनि मन्त्री नपठाउने बताउन लाग्नु भएको बताइन्छ ।
टिप्पणीहरू