माघ २५ को उपचुनावका लागि पुस २८ गते दल दर्ता

माघ २५ को उपचुनावका लागि पुस २८ गते दल दर्ता

आगामी माघ २५ गते हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आयोगले भनेको हो । 

आयोगले आज सूचना प्रकाशित गर्दै आयोगको बेवसाइटबाट  निवेदनको ढाँचा डाउनलोड गरी दल दर्ताका लागि प्रक्रिया शुरु गर्न सकिने जानकारी गराएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त भएको एक सीटका लागि उपनिर्वाचन हुन् लागेको हो ।

टिप्पणीहरू