नेपाल एयरलायन्सका यात्रुलाई पीसीआर नभई नहुने
छिमेकी भारतसहित विभिन्न मुलुकमा कोरोना संक्रमण बढेपछि नेपाल वायुसेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । अन्तर्राष्ट्रिय सेक्टरबाट आगमन हुने सम्पूर्ण यात्रुहरुलाई बार कोडसहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट वा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य साथमा राख्न निगमले अनुरोध गरेको छ ।
‘अन्तर्राष्ट्रिय सेक्टरहरुबाट आगमन हुने सम्पूर्ण यात्रुले यात्रा गर्दा बार कोडसहितको कोभिड १९ इन्टरनेशनल सर्टिफिकेट वा कोभिड १९ टेष्ट गरेको पीसीआर नेगेटिभ रिपोर्टका साथ अनिवार्य रुपमा उपस्थित हुन सूचित गरिन्छ’, निगमद्वारा जारी सूचनामा भनिएको छ ।
यता,नेपाल नागरिक उड्डयन प्राधिकरणले गत पुस ९ गतेदेखि उडानमा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न–गराउन निर्देशन दिएको छ ।
टिप्पणीहरू