अख्तियारलाई बोलाएर प्रधानमन्त्रीको बिशेष बात

अख्तियारलाई बोलाएर  प्रधानमन्त्रीको बिशेष बात

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियारको नेतृत्वलाई बोलाएर विभिन्न विषयमा छलफल गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नो कार्यालयमा उहाँले आज २० मीनेट पदाधिकारीहरुसंग वार्तालाप गर्नुभएको हो । 

बैठकमा उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरुरी रहेको बताउनुभएको थियो । साथै,उहाँले सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिबद्धताका साथ काम गर्न सबै पदाधिकारीलाई निर्देशन दिनुभएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई,आयुक्त किशोरकुमार सिलवाल,जयबहादुर चन्द,हरि पौडेल,सुमित्रा श्रेष्ठ अमात्य र मुख्यसचिव शंकरदास वैरागीलगायतको आज छलफलमा सहभागिता थियो ।

टिप्पणीहरू