चारथरी कुरा गर्न महन्थ ठाकुरहरु बबरमहलमा

चारथरी कुरा गर्न महन्थ ठाकुरहरु बबरमहलमा

नेपाली काँग्रेससँगै प्रतिपक्ष मोर्चामा उभिएको मधेसी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा अहिले बैठक जारी छ ।  

बैठकमा चार वटा विषयमा केन्द्रित छलफल हुने बताइएको छ । एक नेताका अनुसार संगठन विस्तार, समसामयिक राजनीतिक परिस्थिति,मधेस प्रदेश संसदीय दलको विधान संशोधन र विविध विषय छलफलको कार्यसूची रहेको छ ।  अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा बरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरदसिंह भण्डारी, जितेन्द्र सोनाल, अकवाल अहमद साह, केशव झा,पुष्पा ठाकुरलगायत उपस्थित छन् । 

अन्तिम समयमा नेपाली कांग्रेसको रुचिअनुसार त्यतिबेलाको पाँच दलीय गठबन्धनमा मिसिएर चुनाव लडेको लोसपा अहिले सत्ता बाहिर छ । कांग्रेस नेतृत्वमा सरकार गठनको प्रयास भैरहँदा लोसपाका नेताहरु पनि मन्त्रीको दौडधुपमा थिए ।

टिप्पणीहरू