ताल्चा झुन्ड्याउने सबैभन्दा सजिलो तरिका
विप्लव समूहबाट फुटेर केही महिनाअघि गठन भएको नेकपा (बहुमत) सम्बध्द अखिल (क्रान्तिकारी) ले परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको छ ।
त्रिभुवन विश्वविद्यालयको कार्यसम्पादनप्रति असन्तुष्टी जनाउँदै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आज परीक्षा नियन्त्रक पुष्पराज जोशीको कार्यकक्षमा ताला लगाएका हुन् । त्यसअघि त्रिविको ढिलासुस्ती र परीक्षामा हुने लापरवाहीका विरुध्द बहुमतका विद्यार्थीहरु परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण गराउन आज दिउँसो बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय पुगेका थिए ।
क्रान्तिकारीका अध्यक्ष मिलन राईको नेतृत्वमा उपाध्यक्ष वीरेन्द्र शाह, सचिवालय सदस्य तथा त्रिवि क्याम्पस विशेष समिति इन्चार्ज गोविन्द बिष्ट,सचिव नवराज भट्टलगायत दुई दर्जनको संख्यामा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
सो क्रममा उनीहरुले 'शैक्षिक माफिया होसियार !', 'नेकपा बहुमत जिन्दावाद', 'अखिल क्रान्तिकारी जिन्दावाद', 'त्रिविका शैक्षिक माफिया होसियार !', 'त्रिविभित्रको ढिलासुस्ती बन्द गर', 'उत्तरपुस्तिका हराउने कर्मचारीलाई कारवाही गर', 'नालायक परीक्षा नियन्त्रक राजीनामा दे' जस्ता नारा लगाएका छन् ।
टिप्पणीहरू