लोसपामा विश्वासको मतबारे महन्थले निर्णय गर्ने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेसम्बन्धमा निर्णय गर्न अध्यक्ष महन्थ ठाकुरलाई जिम्मा दिएको छ ।
आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुरलाई विश्वासको मतबारे निर्णयको अधिकार दिएको हो । बैठकले मधेश प्रदेश संसदीय दलको संशोधित विधान अनुमोदन पनि गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले पर्सि २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । चार जना संसद रहेको लोसपाले हालसम्म सरकारलाई समर्थन गर्ने, नगर्नेबारे कुनै निर्णय गरेको छैन ।
टिप्पणीहरू