रेशम चौधरीको पार्टीले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने

रेशम चौधरीको पार्टीले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने

शर्तसहित सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । 

यसअघि पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादीसहित सात दलले राष्ट्रपतिलाई बुझाएको दाबीपत्रमा हस्ताक्षर गरेको उक्त पार्टी सरकारमा सहभागी भएको छैन । कारागारमा रहेका पार्टी संरक्षक रेशम चौधरीको रिहाईको मुद्दालाई मुख्य शर्त बनाएको उन्मुक्तिले यसअघि आफ्नो माग पूरा नहुँदासम्म सरकारमा नजाने तर, समर्थन जारी राख्ने निर्णय गरेको थियो । 

आज बसेको पार्टी बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गर्दै संसद सचिवालयलाई प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । 

प्रधानमन्त्री प्रचण्डले पर्सि मंगलबार विश्वासको मत लिँदै हुनुहुन्छ । नागरिक उन्मुक्तिसँग प्रतिनिधिसभामा चार जना सांसद छन् ।

टिप्पणीहरू