घर डढाएर आफैँ भष्म भए नरेश

घर डढाएर आफैँ भष्म भए नरेश

दैलेखको भैरवी गाउँपालिका–४ का एक व्यक्तिले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन् । हिजो राति घरमा आगो लगाएका ४० वर्षीय नरेश विक आज बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका हुन् ।

उनले घरमा आगो लगाएपछि स्थानीयबासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । नरेश मजदुरीका लागि भारतमा भएकै समयमा उनकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् । उक्त घटनापछि मानसिक रूपमा विक्षिप्त भएका उनी दुई दिनअघि मात्रै घर फर्केका हुन् । 

श्रीमती र चार छोराछोरीलाई छिमेकीको घरमा बस्न पठाएर उनले आफ्नै घरमा आगो लगाएको दैलेख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । घर जलेका कारण तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू