प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले उनलाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका एक सांसदले उनलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका छन् ।
गत पुस १७ गते प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आज बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
कार्की प्रदेश १ को पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । गत निर्वाचनमा झापा– ५ (१) बाट निर्वाचित उनी एमाले स्थायी कमिटी सदस्य पनि हुन् ।
टिप्पणीहरू