बालुवाटारमा मुख्यमन्त्री भाग लाउन सत्ता गठबन्धनको बैठक शुरु
सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने र सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको बाँडफाँट टुंग्याउने सम्भावना रहेको बताइएको छ ।
न्युनतम साझा कार्यक्रमको मस्यौदा बनाउन गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । त्यस्तै, सातै प्रदेशका प्रमुखले सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा गठबन्धनका नेताहरुलाई तत्काल बाँडफाँट टुंग्याउनुपर्ने दबाब छ । आजको बैठक यही विषयमा केन्द्रित हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल,उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन,जसपा अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरु सहभागी छन् ।
टिप्पणीहरू