वर्षमान र बादल भोलि एकै ठाउँबाट बोल्ने
तत्कालीन नेकपा विभाजनपछि माओवादी छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल र माओवादी केन्द्रका नेताहरु भोलि एउटा कार्यक्रममा सँगै देखिने भएका छन् ।
एमाले उपाध्यक्ष बादल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसहितका नेताहरु मगर संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अतिथि बनेर रिपोर्टर्स क्लबमा एकैसाथ देखिन लागेका हुन् ।
मगर संघ केन्द्रीय कार्यसमितिको आयोजनामा आउँदो माघे सङ्क्रातिमा हुने कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बादल र वर्षमानसहित पूर्वसभामुख तथा माओवादी नेता ओनसरी घर्तिमगर र जयपुरी घर्ति पनि उपस्थित हुने जनाइएको छ ।
टिप्पणीहरू