भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानदेखि कुनै पनि विमानले उडान तथा अवतरण गरेका छैनन् । बाक्लो हुस्सुका कारण विमानस्थलमा भिजिबिलिटी समस्या देखिएपछि बिहान साढे ९ बजेसम्म कुनै पनि उडान हुन नसकेको हो । 

‘आन्तरिक र वाह्य दुबै उडान ठप्प छ,’ भैरहवा विमानस्थल स्रोतले भन्यो । उक्त विमानस्थलमा अघिल्लो सातादेखि नै अन्तर्राष्ट्रिय उडान रोकिएको छ । बाक्लो बादल,कुहिरो र रातको समयमा सहज उडान र अवतरणको निम्ति जडान गरिएको आइएलएस उपकरण सञ्चालनमा भारतले रोक लगाएपछि अत्याधुनिक सुविधा सम्पन्न विमानस्थलमा कुहिरोको कारण उडान हुन नसकेको बताइन्छ ।

टिप्पणीहरू