राष्ट्रपतिको ट्राउजरबाट पिसाब चुहिएको भिडियो भाइरल

राष्ट्रपतिको ट्राउजरबाट पिसाब चुहिएको भिडियो भाइरल

दक्षिण सुडानका राष्ट्रपति साल्भा किरको पाइन्टबाट पिसाब चुहिएको एक भिडियो सार्वजनिक गरेको भन्दै त्यहाँको सरकारले ६ जना पत्रकारलाई गिरफ्तार गरेको छ । 

कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार सोही भिडियोलाई लिएर राज्य सञ्चालित दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेशनका कर्मचारीहरूलाई राष्ट्रिय सुरक्षा सेवाका एजेन्टहरूले मंगलबार पक्राउ गरेका हुन् । सामाजिक सञ्जालमा भाइरल भएको फुटेजको बारेमा उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

युट्युबमा पोष्ट गरिएको भिडियोमा कालो टोपी र खरानी रंगको पोशाक लगाएर सार्वजनिक कार्यक्रममा सहभागी किरको बायाँ ट्राउजरको खुट्टा भिजेको देखिन्छ । उनले कार्यक्रममै पिसाब चुहाएको अनुमान गरिएको छ ।

टिप्पणीहरू