संघीय संसद्को अधिवेशन शुरु, पहिलो सम्बोधन प्रधानमन्त्रीबाट
संघीय संसदको अधिवेशन आजबाट शुरु भएको छ । दुवै सदनको संयुक्त अधिवेशनअन्तर्गत पहिलो बैठक अहिले बानेश्वरस्थित संसद भवनमा चलिरहेको छ ।
बैठकको सुरुआत गर्दै सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोबारे राष्ट्रपति कार्यालयले पठाएको सूचना बैठकमा पढेर सुनाइएको छ ।
अहिले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गरिरहनु भएको छ ।
टिप्पणीहरू