रोष्टममा उभिएर देउवाले भन्नुभयो - प्रचण्डलाई बधाई छ !
प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलोपटक औपचारिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
आजदेखि शुरु भएको संघीय संसदको पहिलो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीलाई बधाई दिनुभएको हो । उहाँले नवनिर्वाचित सांसदहरुलाई पनि बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
देउवाले अहिले बैठकलाई सम्बोधन गरिरहनु भएको छ ।
टिप्पणीहरू