संसदमा नयाँ दलको प्रवेश लोकतन्त्रको जीत : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जीत भएको टिप्पणी गर्नुभएको छ ।
संघीय संसदको पहिलो अधिवेशनको अहिले जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा नयाँ राजनीतिक दल र नयाँ अनुहारको प्रवेशलाई लोकतन्त्र र नागरिक सम्प्रभूताको जीतको अर्थमा हेर्नुपर्ने बताउनुभएको हो ।
उनीहरुमा देश र जनताको हितमा काम गर्न हुटहुटी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
टिप्पणीहरू