केन्द्रमा के हुन्छ थाहा छैन,खगराजलाई भोट हाल्छु : सांसद मनाङ्गे
एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । केन्द्रमा पार्टी प्रतिपक्षमा रहेको अवस्थामा मनाङ्गे भने सरकारको समर्थनमा उभिएका हुन् ।
एमाले संसदीय दलका नेता खगराज अधिकारी केहीबेरमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने तयारीमा छन् । दाबी पेश गर्न आफू पनि जाने मनाङेले बताए । उनले अहिलेको आवश्यकता कम्युनिष्ट सरकार भएको भन्दै वामपन्थीहरू एकै ठाउँमा रहनुपर्ने पनि बताए ।
‘अहिले राप्रपाले सहयोग गरे पनि ऊ निस्किन सक्छ । हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उनको भनाइ छ ।
‘केन्द्रमा के हुन्छ मलाई मतलब भएन । यहाँ म खगराजलाई भोट हाल्छु,’ सांसद मनाङ्गेले भने, ‘अहिले राप्रपाले सहयोग गरे पनि ऊ निस्किन सक्छ । हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उनको भनाइ छ ।
स्वतन्त्र हैसियतमा सांसद जितेका मनाङ्गे चुनावलगत्तै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनको प्रवेशले गण्डकीमा समाजवादीको प्रतिनिधित्व जोगिएको थियो । तर,अघिल्लो पटक मन्त्री खान अनेक तिकडम अपनाएका मनाङ्गेले यसचोटी पनि पार्टीको निर्णयविपरित एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने भएका हुन् ।
टिप्पणीहरू