यो सरकार जनताको हो,जनताको सेवा गर्नुपर्छ : केपी ओली

यो सरकार जनताको हो,जनताको सेवा गर्नुपर्छ : केपी ओली

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन जनता र राष्ट्रको हितका पक्षमा दृढताका साथ उभिने दाबी गर्नुभएको छ । 

आजदेखि शुरु भएको संघीय संसदको पहिलो अधिवेशनलाई  सम्बोधन गर्दै उहाँले देशको सार्वभौमसत्ता,भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको निम्ति अहिलेको गठबन्धन र प्रचण्ड नेतृत्वको सरकारले काम गर्ने पनि बताउनुभयो । 

जनताको दुःख कष्ट हेर्नका लागि सरकार बनेको उल्लेख गर्दै उहाँले शीतलहरबाट जनताको ज्यान गइरहेकोप्रति सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । 

प्रधानमन्त्री प्रचण्डलाई बधाई दिंदै ओलीले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताउनुभयो । ‘भोलि विश्वासको मत लिदैं हुनुहुन्छ प्रधानमन्त्रीज्यूले । म ढुक्क छु उहाँले प्राप्त गर्नु हुनेछ', उहाँले भन्नुभयो । 

सम्बोधनका क्रममा ओलीले सरकारसामु चुनौती रहेको स्मरण पनि गराउनुभयो ।

 

टिप्पणीहरू