बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्कट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्कट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई नियुक्त गरेका हुन् । 

माओवादी केन्द्रका पोलिब्यूरो सदस्य एवम् संसदीय दलका नेता जम्कट्टेललाई पाँच दलले मुख्यमन्त्रीमा समर्थन गरेका छन् । उनलाई एमालेको २७, माओवादीको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादी पार्टीको सात र हाम्रो नेपाली पार्टीको दुई सांसद्को समर्थन छ । 

जम्कट्टेल धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२)बाट वाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।

 

टिप्पणीहरू