खानेपानीमा खोलो फर्कियो, १२ वर्षअघिको विज्ञापनको नतिजा बल्ल
नेपाल खानेपानी संस्थानले झण्डै १२ वर्षअघि कर्मचारी पदपूर्तिका लागि निकालेको विज्ञापनको नतिजा आज सार्वजनिक गरेको छ । २०६७ सालमा कर्मचारी पदपूर्तिका लागि निकालेको विज्ञापनको नतिजा संस्थानले आज प्रकाशित गरेको हो ।
सर्वोच्च अदालतमा मुद्दा परेपछि कर्मचारी नियुक्ति प्रक्रिया रोकिएको थियो । गत वर्ष सर्वोच्चले यससम्बन्धमा अन्तिम फैसला गरेपछि अन्तर्वार्ता संचालन गरि संस्थानले आज नतिजा निकालेको हो । संस्थानले पास भएका उम्मेदवारहरुलाई ३५ दिनभित्र त्रिपुरेश्वरस्थित आफ्नो कार्यालयमा सम्पर्क गर्न पनि भनेको छ ।
संस्थानद्धारा प्रकाशित सूचनामा भनिएको छ,‘२०७९/०८/२० गतेदेखि २२ गतेसम्म अन्तवार्ता सञ्चालन भएकोमा अन्तवार्तामा उपस्थित १२ जना उम्मेदवारको लिखित परीक्षाको अंक र अन्तवार्ताको औषत अंकसमेतको कुल योगको आधारमा देहायबमोजिम योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिको लागि सिफारिस गर्ने गरी पदपूर्ति समितिबाट २०७९/०९/२४ मा निर्णय भएको व्यवहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
टिप्पणीहरू