प्रतिपक्षी बेञ्चबाट प्रधानमन्त्रीलाई माधव नेपालका सुझावै सुझाव

प्रतिपक्षी बेञ्चबाट प्रधानमन्त्रीलाई माधव नेपालका सुझावै सुझाव

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति हुनेगरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ । आजदेखि शुरु भएको संघीय संसदको पहिलो अधिवेशनको अहिले जाऱी बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानको पालना गरि जनतालाई परिवर्तनको अनुभूति गराउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।  

छिनछिनमा हुने सरकार परिवर्तनको पक्षमा आफूहरू नरहेको भन्दै उहाँले समाजवादको मूल्य मान्यतामा रहेर देशको समृद्धिको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार, अनियमितता, अराजकता, दण्डहिनतालाई चिर्नुपर्ने आजको आवश्यकता रहेको भन्दै अध्यक्ष नेपालले सुशासनको प्रत्याभूति गराएर सबै क्षेत्रमा रहेका विचौलिया र सेटिङ गर्ने सिस्टम भत्काउन सरकारलाई आग्रह गर्नुभयो । 

देशको अर्थतन्त्र संकटग्रस्त रहेकाले यसप्रति सबैको ध्यान जानुपर्ने भन्दै नेपालले चर्काे ब्याजले सबै व्यवसाय धरासयीमा परेको उल्लेख गर्नुभयो । संकटमा पुगेको अर्थतन्त्रलाई सुधार्ने, कृषिक्षेत्रको विकास गर्नेलगायतका विषयमा सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ । 

मिटरब्याजी समस्याले जनताको जीवन नरकतुल्य बनाएको भन्दै अध्यक्ष नेपालले यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । मलखाद तथा किसानको समस्या समाधान गर्न आग्रह गर्दै उहाँले प्रत्येक वर्ष व्यहोर्नुपर्ने शीतलहर, हिमपात, बाढीपहिरोको दिगो समाधानमा काम गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिनसक्ने चर्चाका बीच सो पार्टीका सांसदहरु प्रतिपक्षमा बेञ्चमा बसेका छन् ।

टिप्पणीहरू