हिजो इन्धनको भाउ घट्यो, आज हवाई भाडा

हिजो इन्धनको भाउ घट्यो, आज हवाई भाडा

 सरकारले इन्धनको मूल्य घटाएलगत्तै हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक संघले पर्सि बुधबारदेखि लागू हुनेगरी हवाई भाडा घटाएको हो । 

संघका अनुसार आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई उडानमा चारदेखि आठ सय रुपैयाँसम्म भाडा घटेको हो । जसअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यसअघि उक्त रुटमा हवाई इन्धनका लागि मात्रै ८ हजार ३९५ रुपैयाँ तिर्नुपथ्र्यो । अब ७ हजार ५१० रुपैँया तिरे पुग्छ । योसँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ । 

काठमाडौंबाट माउन्टेन फ्लाइटमा ६८५ रुपैयाँ घटेर अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । संघले काठमाडौँबाट हुने भद्रपुरको उडानमा ६००, विराटनगरमा ४८५, जनकपुरमा २६०, पोखरामा ३२० रुपैयाँ भाडा घटाएको जनाएको छ ।

टिप्पणीहरू