खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

दि नेपाल डिष्टिलरिजको उत्पादन ‘खुकुरी रम’ ले खेल प्रवर्द्धनमा सहकार्यको अभ्यासलाई निरन्तरता दिँदै आएको छ । विभिन्न खेलको प्रवर्द्धनमा र खेलाडीहरुको मनोबल वृद्धिका लागि डिष्टिलरिजले लिग तथा इभेन्टहरुमा सहकार्य सुरु गरेको छ । 

हालै डिष्टिलरिजले प्रदेश १ को एउटा मुख्य सहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको जानकारी दिइएको छ । गल्फ खेलको प्रवर्द्धनमा र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिष्टिलरिजकी इभेन्ट म्यानेजर सुदीक्षा अधिकारीले बताइन् ।

डिष्टिलरिजले खेल प्रवर्द्धनका लागि यस्ता इभेण्टहरुमा निरन्तर सहकार्य गर्दै आएको छ । यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा समेत आफूहरुले सहकार्य गरेको अधिकारीले बताइन् । कम्पनीले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने बताउँदै उनले भनिन्, ‘राष्ट्रको सम्पत्तिको रुपमा रहेका खेलाडीहरुको मनोबल समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।’ आगामी दिनमा समेत खेल प्रवर्द्धनमा सहकार्यको श्रृंखलालाई जारी राख्ने उनको भनाइ छ ।

खुकुरी रमले हिमाल सरसफाई, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीमा सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ ।

टिप्पणीहरू