कंगोमा तैनाथ सैनिक टोली फेरिँदै
अफ्रिकी मुलुक कंगोमा तैनाथ नेपाली शान्ति सैनिक टोली फेरिएका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाको निम्ति खटिएको टोलीलाई बदली गर्न एउटा टोली त्यहाँ पुगेको छ ।
कंगोमा तैनाथ फौजलाई बदली गर्न नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फा, क्विक रियाक्सन फोर्स कम्पनी (शान्ति सेना) दोश्रो डफ्फा र नम्बर २६ फिल्ड गुल्म (शान्ति सेना) २६ औं डफ्फाको २६७ जना शान्ति सैनिक त्यसतर्फ गएको छ । सेनानी कमल थापाको नेतृत्वमा उक्त टोली हिजो नेपाल वायुसेव निगमको चार्टर उडानमा काठमाण्डौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
भोलि काठमाडौं आइपुग्ने निगमको उक्त विमानमा मिसनमा तैनाथ फष्ट राइपफल गण (शान्ति सेना) २८ औं डफ्फा, क्विक रियाक्सन फोर्स कम्पनी (शान्ति सेना) पहिलो डफ्फा, र नम्बर २५ फिल्ड गुल्म (शान्ति सेना) २५ औं डफ्फाको अन्तिम टोलीका २५५ जना शान्ति सैनिकहरु रहने बताइएको छ ।
प्रमुख सेनानी बसन्तबहादुर गौतमको नेतृत्वमा कंगोमा तैनाथ नेपाली सेनाका तीन युनिटका एक हजार १२६ जना सकल दर्जाका साथै स्टाफ तथा अब्जर्भर नियुक्तिहरुमा समेत फौजहरुको सहभागिता थियो ।
टिप्पणीहरू