कर्णालीमा माघे संक्रान्तिको दिन सभामुख चुनिने

कर्णालीमा माघे संक्रान्तिको दिन सभामुख चुनिने

कर्णाली प्रदेशमा माघ १ गते सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । आज बसेको कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकले सभामुख, उपसभामुख निर्वाचनको मिति तय गरेको छ । 

प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले प्रदेश सभा नियमावलीको नियम ७ बमोजिम माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन मिति तोकेको जनाएका छन् । प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशित गरिएको बताइएको छ ।

निर्वाचन प्रयोजनका लागि पुस ३० गते मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेवारको नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध कार्यकम तय गरिएको छ । त्यस्तै, माघ १ गते उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन ११ बजेदेखि सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम छ ।
 

टिप्पणीहरू