भारतीय गणतन्त्र दिवस परेडमा नेपालसहित १९ देशका क्याडेट सहभागी
भारतले यो वर्ष मनाउन लागेको ७४ औं गणतन्त्र दिवसमा १९ वटा देशका सैनिक क्याडेटलाई सहभागी गराउने भएको छ । हरेक वर्ष जनवरी २६ का दिन गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँ दिल्लीमा भव्य परेडको आयोजना गरिन्छ ।
परेडमा विभिन्न मित्रराष्ट्रका क्याडेटहरूले भाग लिने बताइएको छ । त्यसको निम्ति छानिएका क्याडेटलाई तालिम दिन थालिएको छ । विदेशका १९ साथै यसपटक भारतका २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ७१० महिलासहित २ हजार १५५ क्याडेट सहभागी हुने जानकारी पनि दिइएको छ ।
परेडमा सहभागी हुने विदेशी क्याडेटमा नेपालसहित अमेरिकी, बेलायती,अर्जेन्टिनी,ब्राजिल, मंगोलिया र रुसी सैनिक छन् । त्यसैगरी किर्गिस्तान,कजाखस्तान, ताजिकिस्तान,उज्बेकिस्तान, भियतनाम,माल्दिभ्स,मोजाम्बिक, मौरिसस,सिसेल्स,सुडान, न्युजिल्याण्ड र फिजीका सैनिकले पनि भाग लिने छन् ।
टिप्पणीहरू