एक्लो दलित महिला सांसद प्रदेशमन्त्री नियुक्त

एक्लो दलित महिला सांसद प्रदेशमन्त्री नियुक्त

गण्डकी प्रदेशमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले शपथ लिएका छन् । 

मुख्यमन्त्री खगराज अधिकारीले पहिलो चरणमा सत्ता साझेदार दलमध्येबाट एक–एक जना समेटेर क्याबिनेट गठन गरेका हुन् । नवगठित क्याबिनेटमा माओवादी केन्द्रको नेतृत्व गर्दै हरिबहादुर चुमान सहभागी भएका छन् । एमालेबाट सीता सुन्दास र राप्रपाबाट पञ्चराम गुरुङले शपथ खाएका छन् । 

मन्त्रीका रुपमा चुमानको यो दोस्रो कार्यकाल हो भने सीता र पञ्चराम नयाँ अनुहार हुन् । स्याङ्ग्जा १ (१) बाट प्रत्यक्षतर्फ निर्वाचन जितेकी सीता देशभर एकमात्र दलित प्रदेश महिला सांसद हुन् ।

टिप्पणीहरू